मिति ११ डिसेम्बर २०१७ समय साँझ १०,१० बजे अमेररिकाको साइन्स च्यानल टेलिभिजनले एउटा डकुमेन्ट्री प्रशारण गर्यो जसको नाम शिर्षक थियो । ह्वाट ओन ...
मिति ११ डिसेम्बर २०१७ समय साँझ १०,१० बजे अमेररिकाको साइन्स च्यानल टेलिभिजनले एउटा डकुमेन्ट्री प्रशारण गर्यो जसको नाम शिर्षक थियो । ह्वाट ओन अर्थ । जहा हिन्दुहरुको प्रमुख ग्रन्थ मध्येको एक रामायणमा राम र रावणको युद्धमा रामले बनाएको राम सेतु अर्थात् अयोध्या र लंका जोड्ने पुल । जसलाई अमेरिकी भुगर्भविद्हरुले म्याजीक ब्रिज भनेर नाम दिएका थिए ।
के साच्चै राम तथा उनका बानर सेनाहरुले अहिलेको भारत र श्रीलंका जोड्ने समुद्र माथि पुल बनाएका थिए तरु रामायणका पात्र अनि घटनामा मात्र काल्पनिक कथा हुन् या वास्तविकरु के भन्छन् त अमेरीकी भुगोलका वैज्ञानिकहरुरु आज हामि यहि बिषयमा चर्चा गर्दै छौँ ।
हाम्रो पुर्विय दर्शन विज्ञानले भरिएको खजना हो, तर आजका हामिहरु पुर्विय दर्शनलाई पाखण्ड अनि अंधविश्वासको रुपमा लिएका छौ । वेद, उपनिषद्, भगवत गीता, रामायण जस्ता पुस्तक पढ्नु त परैको कुरा कथा सुन्दा पनि हामिलाई काल्पनिक अनि पाखण्डी, रुढिबादी लाग्छ, तर यसको अध्ययन, खोज अनुसन्धान गर्न लाग्दैनौ । तर पश्चीमका वैज्ञानिहरु भने हाम्रा वेद, पुराणहरु अध्ययन गरेर त्यसैबाट इन्स्पायर भई विभिन्न वस्तुहरुको आविश्सकार गर्ने गरेको स्वंम वैज्ञानिहरुले स्वीकारेका छन् ।
नाशाका वैज्ञानिहरु पनि सम्मीलित टोलीले स्याटेलाइट भिडियो सार्बजनिक गर्दै राम सेतुमा प्रयोग भएका ढुंगाहरु र बालुवाहरु वास्तविक रहेको प्रमाणित गरेका छन् । उनिहरुका अनुसार भारत र श्रीलंका जोड्ने यो पुल झण्डै ४८ किलोमिटर लामो र १० मिटर फराकिलो रहेको थियो । यो पुलले भारतको तमिल नाडु राज्यको रामेश्वरम र श्रीलंकाको मन्नार द्धिपलाई जोडेको थियो । उनिहरुका अनुसार १५औँ शताब्दी सम्ममा यहि पुलबाट मानिसहरु आवत जावत गर्न पनि सकिन्थ्यो तर १५ औँ शताब्दीमा आएको तुफानका कारण यसका भागहरु पुरिएका थिए ।
वैज्ञानिकहरुका अनुसार रामेश्वरम देखी मन्नार टापुसम्म चट्टानको श्रीखला रहेको छ । जहाँ ७ हजार बर्ष पुराना ढुंगाहरु रहेका छन् । उनिहरुले कार्बन रेटिगं गरी यो समय पत्ता लगाएका हुन् । ७ हजार बर्ष पुराना ढुंगाहरु माथि रहेका बालुवा भने ४ हजार बर्ष पुरानो देखिन्छ । यसले पनि के प्रमाणीत गर्छ भने, यहा रहेका ढुंगाहर प्राकृतीक नभई बाहिरबाट ल्याई यहा राखेको हुनुपर्छ । र त्यस श्रीखलामा प्रयोग भएका ढुंगाहरु बाहिरबाट ल्याएकोले त्यहा वरिपरी रहेका ढुंगाहरु भन्दा पनि फरक रहेका छन् ।
उनीहरुका अनुसार यहाँ ल्याइएको ढुङ्गा करिब सात हजार वर्ष पुरानो हो । उनिहरुले वाल्मीकीको रामायणको चर्चा गर्दै वालमीको रामायणको युद्धको सयम पनि ७ हजार बर्ष पुरानो भएकोले त्यहि समयमा यो अयोध्या र लंका जोड्ने पुल बनेको निष्कर्ष निकालेका छन् । वैज्ञानिकहरुको अनुसन्धानमा त्यसबेला देखि अहिलेसम्म समुन्द्रको सतह ३ मिटर बढेको र लामो समय भएकोले अहिले नदेखिने र नचिनिने अवस्थामा रहेको छ ।
सबैभन्दा पहिले यस पुलको उल्लेख वाल्मीकीको रामायणमा रहेको छ । जहा रामले रावणसंगको युद्ध गर्न यहा पुल बनाएका थिए । त्यस्तो महाभारतमा पनि यस पुलको उल्लेख गरिएको छ । यसलाई महाभारतमा श्री रामको नल सेतु भनेर उल्लेख गरिएको छ । वैज्ञानिकहरु अनुसर यस पुलमा उच्च टेक्लोलोजीको प्रयोग गरिएको थियो । यो रामायण काल र ढुंगाको आयु एउटै भएपनि यो पुल रामले नै बनाएका थिए या अरु कसैले थियो यो भने उक्त भिडियोमा स्पष्ट उल्लेख नगरेपनि वैज्ञानिकहरुको आशय भने यो राम र रावण युद्धको समयमा बनेको बुझ्न सकिन्छ ।
COMMENTS